युनाइटेड क्लबद्धारा कम्प्युटर र प्रिन्टर वितरण
पाेखरा | असोज ९, २०८२
पोखरा: जेन–जी आन्दोलनमा आगलागीबाट क्षति भएका कास्कीका विभिन्न पाँच स्थानमा युनाइटेड क्लबले कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ ।
जनता संग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की र पोखरा महानगरका वडा नं १०, १२ र १५ नम्बर वडा कार्यालयलाई युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो ।
पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको युनाइटेड क्लबले तिहारको अवसरमा आयोजना गरिने देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट स्थापित विपद ब्यवस्थापन कोष अन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो ।
जेन्जी आन्दोलनले निम्त्याएको संकटको बेला युनाइटेड क्लबले कार्यालयलाई आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेकोमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले युनाइटेड क्लबलाई धन्यवाद ब्यक्त गरिन । संकटको बेलालाई सबैले मिलेर सामाना गर्दै अगाडी बढ्नुपर्नेमा शर्माले जोड दिइन ।
त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले सामाजिक काममा छुट्टै पहिचान बनाएको युनाइटेड क्लबले संकटको बेलामा वडालाई आवश्यक पर्ने सामाग्री प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । वडा नं १५ का सम्पूर्ण सामाग्रीहरु जेन्जी आन्दोलनको क्रममा आगलागीबाट नष्ट भएर जनताको काममा प्रत्यक्ष असर परिरहेको सन्दर्भमा युनाइटेड क्लबले कम्प्युटर र प्रिन्टर प्रदान गरी वडाको दैनिकी कामकाजमा सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।
युनाइटेड क्लबले जेन्जी आन्दोलनको क्रममा सानो भएतापनि सहयोग गर्ने उद्देश्यले जनता संग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालय र वडा कार्यालयहरुलाई आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर प्रदान गरेको युनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए । थापाका अनुसार पोखरा महानगरका वडा नं १०, १२ र १५ संगै जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई कम्प्युटर र प्रिन्टर प्रदान गरिएको हो ।
युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत पूर्वको उदयपुर देखि पश्चिमको कैलाली सम्म विभिन्न विपदमा परेकाहरुलाई सहयोेग प्रदान गर्दै आइरहेको छ । गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा आगलागीबाट पोखरा महानगर भित्रका सरकारी तथा निजी सम्पदाहरु आगलागीबाट पूर्ण रुपमा क्षती पुगेकोे र आफुहरुले कास्कीका विभिन्न पाँचवटा कार्यालयमा सहयोग प्रदान गरेको क्लबका द्धितिय उपाध्यक्ष तथा विपद ब्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

